दुर्गा प्रसाईँलाई काठमाडौँ पस्न रोक

252
0
Share:

काठमान्डौ/गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँ आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

 

प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको बताइएको छ । त्यहाँ केहीबेर वादविवाद भएको थियो ।

 

तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ ।

Share: