स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना सहमहामन्त्री

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । आज सम्पन्न भएको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले सो निर्णय गरेको हो ।

 

जलेश्वरमा तीन दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय पुर्याएको छ । वैठकले सांसद समेत रहेकी नेतृ सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

 

पार्टीमा सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यस्तै पाँच केन्द्रीय सदस्य थप भएका छन् । थपिएकाहरुमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् ।

Share: