
काठमान्डौ/काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न दरखास्त माग गरेको हो ।
काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ । बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ ।
योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।