विराटनगरको कवाडी गोदाममा आगलागी : २ जनाको मृत्यु, ४ जना घाइते

Share:

काठमान्डौ/विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका छन् ।

 

दिउँसो २-१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

 

घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरीले जनाएको छ ।

 

Share: