एनएसएल : आज वीरगञ्ज युनाइटेड र झापा एफसी भिड्दै

157
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

 

दुवै टिमले प्रतियोगितामा यसअघि तीनरतीन खेल खेले पनि जित निकाल्न सकेका छैनन्। एक अङ्क जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ। तीन खेलबाट दुई अङ्क जोडेको झापा तालिकाको आठौँ ​स्थानमा छ।

 

वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ। यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ।

Share: