Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रोटरीको निःशुल्क स्वास्थ्य शिविर – Lekhanpeeth

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

297
0
Share:

काठमान्डौ/रोटरी क्लब अफ काठमान्डौ वेष्ट, स्पार्क हेल्थ होम र प्रहरी वृत्त कालिमाटीको संयुक्त आयोजनामा आज कालिमाटी वृत्तमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

 

वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले शुभारम्भ गर्नुभएको सो शिविरमा एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरिएको थियो । समारोहमा रोटरी क्लब अफ काठमाडौँ वेष्टले ५९ ट्राफिक प्रहरीका लागि निःशुल्क चस्मा प्रदान गरेको थियो ।

 

स्वास्थ्य विशिरमा डा. प्रकाश श्रेष्ठ, डा अग्नीकुमार महतो, डा दृष्टि श्रेष्ठ, डा आनन्द शाह, डा रुपा बलामी र डा दिपिका बराल क्षेत्रीलगायतका डाक्टरले प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरे । शिविरमा नाक, कान, घाँटी, दात र नसासम्बन्धी रोगको परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा स्पार्क हेल्थ होमले निःशुल्क औषधि वितरण गरेको निर्देशक रुपेश अधिकारीले जानकारी दिए ।

Share: