लमजुङमा सामूहिक भोज खाएका ३३ जना बिरामी, एक जनाको मृत्यु,

Share:

काठमान्डौ/लमजुङको सुन्दरबजार नगरपालिका–८ मा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३३ जना बिरामी परेका छन् । शुक्रबार बेलुका सामूहिक भोज खाएकामध्ये हालसम्म ३३ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी मिनबहादुर घलेले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये सुन्दरबजार–९ की ३२ वर्षीया देवी परियारको मृत्यु भएको हो ।

 

बिरामीहरुको सामुदायिक नमुना अस्पतालमा उपचार भइरहेको डिएसपी घलेले जानकारी दिए । डिएसपी घलेका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन् । त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । घटनाको अनुसन्धान भइरहेको छ ।

Share: