संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

173
0
Share:

काठमान्डौ/संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

 

गौतमको पदावधि अझै ८ महिना बाँकी थियो । स्रोतकाअनुसार उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । राजीनामाको कारण भने खुलाइएका छैनन् । गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए ।

 

उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए । संघिय संसदका सचिव रहेका पदमप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको बताइएको छ ।

 

Share: