Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संघीय संसदका महासचिव गौतमले दिए राजीनामा – Lekhanpeeth

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

252
0
Share:

काठमान्डौ/संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

 

गौतमको पदावधि अझै ८ महिना बाँकी थियो । स्रोतकाअनुसार उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । राजीनामाको कारण भने खुलाइएका छैनन् । गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए ।

 

उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए । संघिय संसदका सचिव रहेका पदमप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको बताइएको छ ।

 

Share: