संघीय संसद्को महासचिवमा पाण्डेयको नाम सिफारिस

130
0
Share:

काठमान्डौ/संसद सचिवालयको महासचिवमा पद्म प्रसाद पाण्डेयको नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रतिनिधिसभाका सचिव पाण्डेयको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

 

हिजोका मितिमा महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै महासचिवका लागि नयाँ महासचिवका लागि प्रतिनिधिसभा सचिव पाण्डेयको नाम सिफारिस भएको सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रशासनसँग बताए । हालका महासचिव डा. गौतमको आगामी भदौमा कार्यकाल सकिँदै छ ।

 

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले त्यसअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेलाई महासचिव बनाउन लागिएकोसमेत स्रोतले जनाएको छ ।

Share: