
काठमान्डौ/सामाजिक अभियन्ता ईः आज ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने भएका छन् । अभियन्ता ईःले ललितपुरको सपना नमार्न अनुरोध गर्दै बिहान र साँझ फुटपाथ बजारहरू हटाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै खबरदारीका लागि १०८ मिनेट उभिने भएका हुन् ।
ईः आज दिउँसो ३ बजेदेखि महानगरअगाडि उभिनेछन् । ‘सहर भनेको कार भएकाहरूको लागि मात्र नभएर सबैका लागि हो भन्ने प्रयासलाई सबैले प्रशंसा गरिरहेका छन्,’ ईःले भनेका छन् ।
उनले विस्थापन नभएर व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् । उनले कर लिएर गरी खाने वर्गलाई काम गर्न दिन सुझाएका छन् ।