एनएसएल : आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै

172
0
Share:

काठमान्डौ/काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । ५ खेलमा तीनमा हार एकमा जित तथा एकमा बराबरी खेलेको इलाम तालिकाको आठौं स्थानमा छ ।

 

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ । वीरगञ्ज दुई अंकका साथ तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा झापा फुटबल क्लबले पहिलो जित निकालेको छ । झापाले बुटवल लुम्बिनीलाई १-० गोलले पराजित गर्‍यो ।

Share: