Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन – Lekhanpeeth

देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन

332
0
Share:

काठमान्डौ/सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

 

उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए । मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्यसमेत थिए ।

 

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताए । उनको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Share: