विवाह बन्धनमा बाँधिइन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा

175
0
Share:

काठमान्डौ/पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी हुन् ।

 

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

 

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।

Share: