२५ किलो चरेससहित २ पक्राउ

229
0
Share:

काठमान्डौ/प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमान्डौको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।

 

धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भन्नुभयो, “सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।’ यसैबीच अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए।

Share: