आजको मौसम : कहाँ-कस्तो ?

185
0
Share:

काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई-मधेसका केही जिल्लामा हुस्सुरकुहिरो लागेको महाशाखाले बताएको छ।

 

आइतबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ।

 

राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। यस्तै, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Share: