मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु

151
0
Share:

काठमान्डौ/विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ ।

 

त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको विवाह भएपछि आजैका दिनदेखि सर्व साधारणले पनि आ–आफ्ना छोराछोरीको विवाह शुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाहको शुभारम्भ गरेका छन् ।

 

मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यसपछि सर्वसाधारणहरुले पनि आ–आफ्ना छोराछोरीको विवाह गर्ने त्रेता युगदेखि चल्दै आएको लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए ।

 

महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक सातासम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्दै गएराति जनकपुरधाममा भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएपछि अब सर्वसाधारणले आजदेखि विवाह गर्ने भएका छन् ।

Share: