Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घमा लामिछाने – Lekhanpeeth

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घमा लामिछाने

Share:

काठमान्डौ/नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

 

अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्रा डा मुकुन्दप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । त्यसैगरी उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने तथा सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा र शेषनारायण मरासिनी चयन हुनुभएको छ ।

 

महाधिवेशन प्रतिनिधिमा प्रा डा कृष्णकान्त पराजुली, प्रा डा शान्तिकृष्ण अधिकारी, सहप्राध्यापक आनन्दमणि रिजाल, डा विमला शर्मा, किशोरचन्द्र गौतम, डा रमा झा, अर्जुनबाबु दाहाल, मोहनप्रसाद ओझा, विष्णुप्रभा उपाध्याय, प्रा सत्यराज सुवेदी, महेन्द्रप्रसाद यादव, बाबुराम आचार्य र टीकाराम न्यौपाने निर्वाचित हुनुभएको छ ।

 

निर्वाचितमध्ये कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौ जना प्रगतिशील प्राध्यापक सङ्गठनकोतर्फबाट रहेको जनाइएको छ । त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक÷एक जना निर्वाचित भएका छन् ।

Share: