Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा – Lekhanpeeth

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

236
0
Share:

काठमान्डौ/नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

 

उनका अनुसार बैठकमा आसन्न माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलगायत थप अन्य विषयमा पनि छलफल हुनेछ । सापकोटाले भने, ‘राष्ट्रियसभा निर्वाचन र आगामी रणनीतिबारे बैठकमा छलफल हुँदैछ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ ।’

 

यसका साथै पार्टीको केन्द्रीय समिति बैठकले विधान सम्मेलनको मिति पनि तय गर्ने उनले बताए ।

Share: