Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उत्तरपश्चिम चीनमा शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु – Lekhanpeeth

उत्तरपश्चिम चीनमा शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु

285
0
Share:

काठमान्डौ/उत्तरपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम चीनको गान्सु र छिकेकी छिङहाइ प्रान्तमा गएको ६.२ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।

 

२०० भन्दा बढी घाइते भएका छन् । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।

 

युएसजीएसका अनुसार यो भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो । प्रान्तीय राजधानी लान्झाउ भूकम्पको केन्द्रबिन्दुबाट करिब ६० माइल टाढा छ ।

Share: