सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन

134
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

 

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरिएको हो ।

 

अब उनीहरूले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।

Share: