सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ

187
0
Share:

काठमान्डौ/सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।

 

जसमा प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । उनले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताइन् ।

 

उनले भनिन् ‘यो नयाँ कार्यकक्षको निर्माण सम्पन्न भयो, क्याबिनेटको नयाँ बैठक हल उद्घाटन जस्तो भएकाले बैठक बोलाएको हो । सरकार गठनको प्रधानमन्त्रीज्युले पदभार ग्रहण गर्नुभएको करिब एक वर्ष पुग्दैन । केही सामान्य समीक्षा, केही कुराका छलफल भयो । मुख्यसचिवले समग्र कामलाई अलि पिकअप लिनको हाम्रा कतिपय प्रक्रिया र इच्छाशक्तिमा भएका समस्याहरूदेखि लिएर हामीले सबै सुधार गर्नुपर्ने कतिपय कुराहरू छन् ।

 

तिनका निर्णय प्रक्रिया, ऐन, कानुन निर्माणमा सुधार गर्नुपर्ने विषयमा पनि विस्तृत प्रेजेन्टेशन गर्नुभएको थियो । आजको क्याबिनेटको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिद मूल्य जुन छ, त्यसलाई उद्योगले रु पाँच सय ६५ प्रतिक्विन्टल दिनुपर्ने त्यो कायम गर्ने भन्ने निर्णय भयो । उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ प्राप्त गर्ने गरेर निर्णय भएको छ ।’

 

प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा।वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तीव्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानुन निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रस्तुति राखेको पनि बताइन् ।

Share: