फास्ट ट्र्याक होइन, कछुवा ट्र्याक भयो : रवि लामिछाने

187
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फास्ट ट्र्याकलाई कछुवा ट्र्याको संज्ञा दिएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले फास्ट ट्र्याकको भौतिक र वित्तीय प्रगति हेर्दा कछुवा ट्र्याकजस्तो देखिएको बताएका हुन् । ‘२०७४ सालमा सुरु भएको कामको प्रगति एक चौथाइमात्रै भएको छ ,’ उनले भने, ‘यो फास्ट ट्र्याक होइन, कछुवा ट्र्याक भएको छ ।’

 

सभापति लामिछानेले सेनाले जिम्मा लिएको काम किन सुस्त गतिमा भयो भन्ने प्रश्न गरे । ‘सेनाले निर्माणको जिम्मेवारी लिएको छ । तर, काम तीव्र गतिमा हुन सकेन । सेनाको स्रोतसधान नभएर हो कि के हो,’ उनले भने ।

 

सेनामा हुने अनियमितता सैनिक कानुन अनुसार हेर्ने गरिएको भन्दै उनले भ्रष्टाचार गुपचुप राख्ने गरिएको सुन्नमा आएको बताए । ‘सेनामा हुने अनियमितता सैनिक कानुन अनुसार हेर्ने गरिएको रहेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रले हेर्न पाउँदैनन् । सेना आफैँले अनुसन्धान गर्ने भएकाले भ्रष्टाचार गुपचुप राखिने सुनिएको छ,’ उनले भने ।

Share: