मन्त्री किराँतीको प्रष्टीकरण :- ‘म सबैको अभिभावक हुँ, सबैको अस्तित्वको सम्मान गर्छु’

221
0
Share:

काठमान्डौ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विवादमा तानिएको आफ्नो धार्मिक अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् । उनले आफूलाई सबैको अभिभावक बताउँदै सबै अस्तित्वको समान गर्ने बताएका छन् ।

 

सामाजिक सञ्जालमार्फत उनले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरेर अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्नेमा आफ्नो जोड रहेको बताएका छन् । आफूलाई मानिसहरूले पशुपतिनाथ सफा गर्दा हिन्दु, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम र क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भन्ने गरेको उल्लेखद गर्दै मन्त्री किराँतीले अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु रहेको बताएका छन् ।

 

‘फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ । त्यसैले सबैको अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ,’ किराँतीले भनेका छन् । बुधबार राजधानीमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले ‘क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने र जेलमा हालिदिने हो’ भनेका थिए । उनको यो अभिव्यक्ति विवादमा तानिएको छ ।

Share: