Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नाबालिकाहरुलाई गेष्ट हाउसमा बन्धक बनाई ललाई-फकाई यौनजन्य कार्यमा लगाउने युवक पक्राउ – Lekhanpeeth

नाबालिकाहरुलाई गेष्ट हाउसमा बन्धक बनाई ललाई-फकाई यौनजन्य कार्यमा लगाउने युवक पक्राउ

296
0
Share:

काठमान्डौ/बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका वडा नं-९ नयाँबसपार्कमा रहेका विभिन्न होटलरगेष्ट हाउसहरूमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने नुवाकोटको तादी गाउँपालिकाका सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरी टोलीले बुधवार तामाङलाई पक्राउ गरी नाबालिकाहरुलाई उद्धार गरेको थियो । तामाङले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाई फकाई होटलरगेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भनी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीले जनएको छ ।

 

व्यूरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीका अनुसार बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाए बापत ग्राहकहरूबाट प्रति व्यक्ति पाँच हजारदेखि सात हजार रुपैयाँ सम्म लिने गरेको खुल्न आएको छ । तामाङले बालिकाहरूलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाई रेट निर्धारण गरी यौनजन्य कार्यको लागि पठाउने गरेको प्रहरीले जनाएको छ । यसै गरी होटलरगेष्ट हाउसहरूमा ग्राहकहरू ल्याउनको लागि एजेन्ट समेत नियुक्त गरेको पाइएको छ । ग्राहक ल्याए बापत प्रति व्यक्ति दुई सयदेखि एक हजार रुपैयाँ सम्म कमिसन दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 

पीडित बालिकाहरूलाई विगत ५ महिनादेखि होटलरगेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको, पीडित बालिकाहरूको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

Share: