Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इंग्लिस प्रिमियर लिग: आर्सनल र लिभरपुलले बराबरी खेले – Lekhanpeeth

इंग्लिस प्रिमियर लिग: आर्सनल र लिभरपुलले बराबरी खेले

294
0
Share:

काठमान्डौ/इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुल र आर्सनलले एक–एक गोलको बराबरी खेलेका छन्।

 

शनिबार राति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलमा अग्रता भने आर्सनलले लिएको थियो। चौथो मिनेटमा मार्टिन ओडेगार्डको फ्रिकिकलाई डिफेन्डर गेब्रियलले गोलमा परिणत गरेका थिए।

 

लिभरपुलले २९औँ मिनेटमा बराबरी गोल फर्कायो। ट्रेन्ट अलेक्ज्येन्डरको लामो पासलाई सदुपयोग गर्दै मोहम्मद सलाहले गोल गर्न सफल भए। बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्षस्थानमा छ। समान खेलबाट ३९ अङ्क जोडेको लिभरपुल दोस्रो स्थानमा छ।

 

शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट हामसँग २–० ले पराजित भयो। टोटेनहामले एभर्टनलाई २–१ ले हरायो। न्यक्यासल लु टनसँग पराजित हुँदा फुलह्यामले बर्नलीलाई २-०ले हरायो।

Share: