पाँच महिनामा १३ अर्बका ९ लाख स्मार्टफोन भित्रिए

Share:

काठमान्डौ/चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनामा नेपालले १३ अर्ब ५९ करोड ९५ लाख ६१ हजार रुपैयाँको स्मार्टफोन आयात गरेको छ । भन्सार विभागका अनुसार २०८० साउन, भदौ, असोज, कार्तिक र मसिंरमा नेपालले उक्त रकम बराबरको स्मार्टफोन आयात गरेको हो ।

 

पछिल्लो पाँच महिनामा नेपालले ९ लाख दुईहजार ९८१ थान स्मार्टफोन आयात गरेको छ । यस्तै, सोही अवधिमा नेपालले ५१ करोड ९३ लाख ७३ हजार रुपैयाँको सेलुलर नेटवर्क वा अन्य वायरलेस नेटवर्कका लागि टेलिफोनहरू खरिद गरेको छ ।

 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको आयातरनिर्यात विवरणमा ६ लाख ६४ हजार ८९९ त्यस्ता उपकरण आयात गरेको उल्लेख छ ।

Share: