Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालमा पहिलो पटक केएमसीले निकाल्यो बिना अप्रेसन फोक्सोमा जमेको पीप – Lekhanpeeth

नेपालमा पहिलो पटक केएमसीले निकाल्यो बिना अप्रेसन फोक्सोमा जमेको पीप

177
0
Share:

काठमान्डौ/काठमाडौँ मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेसन नगरीकन नै निकाल्न सफल भएको छ। छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो। जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ। यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए।

 

उनले काठमाडौँ मेडिकल कलेजले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या बिना अप्रेसन निकाल्न सफल भएको जानकारी दिए। यसअघि छाती चिरेर अप्रेसन गर्नुपर्ने भएपनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेसन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको श्रेष्ठको भनाइ छ।

 

अप्रेसन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठिक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए। यस सर्जरीको सेवा र अप्रेसन सेवाको खर्चमा खासै फरक नरहेको उनको भनाइ छ।

Share: