Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो – Lekhanpeeth

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो

222
0
Share:

काठमान्डौ/लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीलाई २-० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलका लागि डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाएका थिए ।

 

त्यस्तै, खेलको अन्तिम समयमा डिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्ककासाथ पुछारबाट दोस्रोमा छ ।
प्रतिक्रिया दिनुहोस

Share: