प्रहरीले चलाएको गोली ब्यागमा राखेको मोबाइलमा लाग्दा जोगियो युवकको ज्यान
काठमान्डौ/बालकुमारी प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट एक प्रदर्शनकारीको ज्यान जोगिएको छ । प्रहरीले चलाएको गोली घटनास्थलमै रहेका एक प्रदर्शनकारीको झोलामा लागेको थियो । गोली उनको झोला भित्र रहेको मोबाइल फोनमा लागेको थियो । गोलीले उनको मोबाइल फोन पनि फुटेको थियो । गोली मोबाइलमा लागेका कारण उनलाई कुनै क्षती भने भएन । त्यस्तै, प्रदर्शनमा प्रहरीले चलाएको गोली लागर दुई जनाको मृत्यु भएको छ । ईपीएसमार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed