सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्चको आदेश
काठमान्डौ/उच्च अदालत पाटनले आन्दोलनरत सबैलाई कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागी गराउन आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। ‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ। इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै … Continue reading सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्चको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed