बालकुमारी घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमान्डौ/दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनाएको हो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् । रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed