ललितपुर सिटी एफसीले जित्यो नेपाल सुपर लिगको उपाधि

177
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग फुटबलको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको फाइनलमा ललितपुरले धनगढी एफसीलाई ३–२ गोलले हरायो ।

 

खेलमा सुरुवाती अग्रता भने धनगढीले लिएको थियो । पहिलो हाफमै खेल बराबरीमा ल्याएको ललितपुरले दोस्रो हाफमा दुई गोल थप्दै ३–१ गोलले अगाडि बढाएको थियो । ललितपुरका इमो इजक्वेलले दुई र दिनेश हेन्जनले एक गोल गरे ।

 

धनगढीले ओलावाले अफिजको गोलमा अग्रता लिएको थियो । धनगढी दोस्रो हाफको अन्त्यतिर १० खेलाडीमा सिमित भएको थियो । दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काएपनि धनगढीले हार टार्न सकेन । दोस्रो हाफको सुरुआत मै ललितपुर सिटीले अग्रता लिएको थियो । खेलको ५०औं मिनेटमा ललितपुरका आदित्य शाक्यको पासमा दिनेश हेन्जनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा ललितपुरका इमोहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।

 

धनगढीले दोस्रो हाफको इन्जुरी समयमा १ गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन । नेपाल सुपर लिगको दोस्रो संस्करणको उपाधी ललितपुर सिटीले हात पार्यो । फाइनलमा पराजित धनगढी एफसी दोस्रो पटक उपविजेतामा चित्त बुझाएको छ । नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधी काठमाडौं रेजर्स एफसीले जितेको थियो । काठमाडौं रेजर्ससंग पराजित हुँदै धनगढी उपविजेतामा रोकिएको थियो ।

Share: