
काठमान्डौ/पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक घटक जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले सरकारप्रति तीव्र आक्रोश पोखेका छन् । उनले पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न नसक्ने उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका राउतले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत सरकारप्रति निरन्तर आक्रोश पोखिरहेका हुन् ।
‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनुपर्ने रु गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने रु त्यही चाहना गठबन्धनको रु त्यही अपेक्षा जनताको पनि रु’ राउतले सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गरेका छन् । प्रचण्ड सरकारमा जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएर सहभागी भएको छ ।
राउतले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनालाई लिएर ‘भ्रष्ट राज्यले रोजगारी दिएन छातीमा गोली दियो’ भन्दै आक्रोश व्यक्त गरेका थिए । ‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बा–आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा असुल गर्न अवरोध खडा ग¥यो र छातीमा गोली ठोकिदियो,’ सीकेले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।



