पीएसजीले १२ औँ पटक जित्यो फ्रेन्च सुपर कपको उपाधि

200
0
Share:

काठमान्डौ/पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति टुलुजविरुद्ध २(० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।

 

यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । ली काङ–इनले खेलको तेस्रो मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे । यसै खेलमार्फत ओस्मान डेम्बेले १५ दिन पछि पिचमा फर्किएका थिए ।

 

४४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे यो उनको घरेलु मैदानमा १ सय ११ औं गोल थियो । ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो ।

Tagssports
Share: