Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न काँग्रेसको बैठक बस्दै – Lekhanpeeth

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न काँग्रेसको बैठक बस्दै

226
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ।

 

बैठकमा पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको सिट बाँडफाँटबारे भएका छलफलबारे समितिका सदस्यहरूलाई ब्रिफिङ गराउनेछन् । यसअघि हिजो बस्ने भनिएको बैठक विशेष कारणवश भन्दै आजका लागि सारिएको थियो।

 

माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। काँग्रेसको आजको बैठकमा पार्टीको आगामी महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

Share: