नायिका आना शर्मा चलचित्र ‘एक्टर’मा अनुबन्धित

164
0
Share:

काठमान्डौ/नायक प्रदीप खड्का मुख्य भूमिकामा रहने फिल्म ‘एक्टर’मा नायिका आना शर्मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो ।

 

आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुईको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको सह–निर्मातामा भने एनिस भुसाल रहेका छन् ।

 

फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

Share: