Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने – Lekhanpeeth

टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

210
0
Share:

काठमान्डौ/र्‍याप गीतबारेको टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने भएको छ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो निर्माण हुन लागेको हो ।

 

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोबारे जानकारी दिएका हुन् । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले फेब्रुअरीबाट अडिसन सुरु हुने आयोजककले जनाएको छ ।  उक्त शो अप्रिलदेखि टेलिभिजनमा प्रसारण हुनेछ ।

 

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण शोले दिने बताए । शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुण ०२, इटहरीमा फागुण ०५, चितवनमा फागुण ०९, पोखरामा फागुण १२ र काठमाडौंमा १८ तथा १९ गते गरिनेछ आयोजकले जानकारी दिएको छ ।

 

उनले विश्वभर छरिएर रहेका नेपाली भाषीको लागि डिजिटल अडिसन गरिने राजपुतले जानकारी दिए ।

Share: