प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै

162
0
Share:

काठमान्डौ/प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई वटा खेल हुँदै छन्।

 

भैरहवाको सिद्धार्थनगर रंगशालामा बिहान ९ बजे गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सवा ९ बजे बागमती प्रदेश र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

हिजो सुरु भएको प्रतियोगितामा मधेस प्रदेश, लुम्बिनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। राउण्ड रोविन लिगका आधारमा सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ।

Share: