Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेप्से परिसूचक ३१ अङ्कले बढ्यो, पाँच अर्ब ४५ करोडको कारोबार – Lekhanpeeth

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो, पाँच अर्ब ४५ करोडको कारोबार

296
0
Share:

काठमान्डौ/यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ ।

 

आज तीन सय १४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर ९४ हजार पाँच सय २६ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ बराबरको कारोबार भएको छ ।

 

आज होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जनविद्युत समूह चार दशमलव ५८ र अन्य समूह दुई दशमलव ७७ प्रतिशतले बढेको छ ।

 

जलविद्युत समूहका पाँच कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य दश प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ ।

 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याको आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर रू ३५ करोड ६८ लाख ३८ हजार सात सय २० बराबरको १२ लाख ७४ हजार चार सय २४ कित्ता किनबेच भएको छ ।

Share: