प्रचण्डलाई बालेनको व्यङ्ग्य :- ‘एउटा मन कति पटक जित्नुहुुन्छ प्रचण्ड सरकार ?’

Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मेलम्चीको पानी वितरणमा पटक-पटक भएको उद्घाटनको विषयमा व्यङ्ग्य गरेका छन् । उनले समाजिक सञ्जाल मार्फत उनले व्यङ्ग्य गरेका हुन् ।

 

बालेनले ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ ‘प्रचण्ड’ सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यङ्ग्य गरेका हुन् । उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्ट लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।

 

उनले आफूहरू आलोचना मात्र गर्न नगर्ने भन्दै बाह्रै महिना पानी ल्याउन दीर्घकालीन उपाय खोज्नुपर्ने बताएका छन् ।

 

Share: