
काठमान्डौ/त्रिशूली नदीमा गाडी खसेको पुष्टि भएको छ । भारतीय नम्बर प्लेटको गाडी फेला परेको चितवन प्रहरीले जनाएको छ ।
बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेर फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बाह्रखरीलाई जानकारी दिए ।
‘गाडी फेला पर्यो । तर गाडीका कोही पनि मान्छे फेला परेको छैन,’ उनले भने ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट बिहान पौने ५ बजे त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।