मंगलबार अमेरिकी डलर, युरो लगायत यी मुद्राको भाउ घट्यो

124
0
Share:

काठमान्डौ/ मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा रहेको छ । सोमबार युरो १४४ रुपैयाँ ९७ पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको थियो ।

 

मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४३ पैसा र बिक्री दर १६९ रुपैयाँ १९ पैसामा कारोबार भइरहेको छ । सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको थियो ।

 

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १८ पैसा र बिक्री दर ८८ रुपैयाँ ५८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । सोमबार अष्ट्रेलियन डलर एकका खरिद दर ८८ रुपैयाँ ५१ पैसा र बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको थियो ।

 

यस्तै मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा र बिक्री दर २८ रुपैयाँ ४८ पैसा रहेको छ । सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको थियो ।

 

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा रहेको छ । सोमबार साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको थियो । मंगलबार साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०६ पैसा छ ।

Share: