Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काम्लो बेचेर घर खर्च – Lekhanpeeth

काम्लो बेचेर घर खर्च

206
0
Share:

काठमान्डौ/पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन् ।

 

पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमायाले गर्मी याममा निर्माण गरेको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँड्छिन् । उनी बागलुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै बुर्तिवाङ बजारसम्म पश्चिम रुकुममा उत्पादन भएको काम्लो बिक्रीका लागि आउने गरेकी छन् ।

 

‘पहिलाजस्तो बजार त छैन, तर काम्लोको महत्व बुझेकाले मात्रै खरिद गर्छन, अन्यले महँगो भएको प्रतिक्रिया दिन्छन्’, उनले भनिन्, ‘घरमा बसिबियालो हुन्छ, काम गरिरहेको बानी नगरी बस्न सकिँदैन, भेडा पालिएकै हुन्छ, तिनै भेडाको ऊनलाई काम्लो बनाएर बिक्री गर्दा कम्तीमा घरखर्च चल्छ ।’

 

लुकुम गाउँबाट काम्लो बिक्री गर्नकै लागि उनी बर्सेनि छिमेकी जिल्लाको बुर्तिवाङ बजारमा आउने गरेकी छन् । उनले काम्लोको महत्व घट्दा मूल्य भने ओरालो लागेको जानकारी दिइन् । ‘काम्लो कम बन्न थालेको छ, ऊनलाई प्रशोधन गर्नका लागि धेरै मेहनत गर्नुपर्दछ, तर काम्लो र घुमले पानीसमेत छेक्ने गरेको छ, बर्खामा घुम उडेर काम गर्नसमेत सकिन्छ, काम्लोलाई सिलाएर घुमसमेत बनाउँदा जाडोमा निकै तातो हुन्छ’, उनले भनिन्, ‘एउटा काम्लोलाई दुई हजार पाँच सयमा बिक्री गर्दै आएकी छु जुन मूल्य सामान्य ज्याला मात्रै हो नाफा छैन ।’

 

काम्लोको भारी बोक्दै बुर्तिवाङ बजारमा हिँडेकी पुनले बागलुङ बजारबाट अवलोकन भ्रमणका लागि बुर्तिवाङ पुगेका ग्राहकको मन जितिन् । काम्लोको महत्व बुझेका बागलुङ नगरपालिका–१० भकुण्डेका उदित थापाले दुई हजार पाँच सयमा काम्लो किने ।

 

उनले काम्लो किनेको देखेपछिसँगै गएकाले थापालाई भने, ‘एउटा प्लाष्टिकको गुन्द्रीलाई पाँच सयमा पाइन्छ यस्तो खस्रो काम्लोलाई दुई हजार पाँच सय हाल्ने रु’ उनले भने, ‘भेडाको ऊनबाट बनेको काम्लोको महत्व छुट्टै छ, यो त धेरै सस्तोमा पाए त्यसैले खरिद गरे ।’ थापाले काम्लो वर्षौं टिक्ने र तातोसमेत हुने भएकाले खरिद गरेको बताए । ‘दुई हजार पाँच सयमा प्लाष्टिकका पाँच वटा गुन्द्री आउलान तर यसले कुनै अर्थ राख्दैन’, थापाले भने, ‘पहिला मैले पाँच हजार मूल्य पर्ने सुनेको थिए, अहिले सस्तो लागेर किनेको हुँ, मैले किनेको देखेपछि ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले समेत काम्लो खरिद गर्नुभयो ।’

 

ताराखोला गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोका बुर्तिवाङ बजारमा गएको समयमा विनमाया पुनसँगै दुई हजार पाँच सयमा काम्लो खरिद गरेका हुन् । उनले काम्लोलाई लगेर घुम बनाएर ओढ्ने जनाउँदै आफूलाई ऊनको काम्लोको निकै महत्व लाग्ने गरेको बताए । ‘पाँच हजारसम्म पर्छ एउटा घुम ९ऊनको कोट०लाई ताराखोलामा तर यहाँ दुई हजार पाँच सयमा काम्लो पाइयो काम्लोलाई घुम बनाउन सजिलै सकिन्छ त्यसैले खरिद गर्ने रहर जाग्यो’, रोकाले भने, ‘ऊनबाट प्रशोधन गरिएको काम्लोको महत्वप्रति थोरै मानिस मात्रै जानकार छन्, पुख्यौली हस्तकलालाई प्रोत्साहनसमेत गर्न आवश्यक छ ।’

 

भेडाको ऊनलाई प्रशोधन गरी तानमा बुनेर बनाइएको काम्लो धेरैका लागि रुचिकर कपडा लाग्न सक्छ । पछिल्लो पुस्ताले भेडाको ऊनबाट बनेको काम्लो र घुम देख्नै पाएका छैनन् । आधुनिकतासँगै तयारी पोशाक कपडाको प्रयोगले हातले निर्माण गरिएको काम्लो प्रयोग गर्नेको सङ्ख्या घटिरहेको छ । नेपालको उच्च पहाडी तथा पहाडी क्षेत्रमा पालिने भेडाको ऊनलाई प्रशोधन गरी काम्लो, बख्खु र हडौला बनाइन्छ ।

 

उनले बागलुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै बुर्तिवाङ बजारसम्म पश्चिम रुकुममा उत्पादन भएको काम्लो बिक्रीका लागि आउने गरेको छ । “पहिलाजस्तो बजार त छैन, तर काम्लोको महत्व बुझेकाले मात्रै खरिद गर्छन, अन्यले महँगो भएको प्रतिक्रिया दिन्छन्”, उनले भने, “घरमा बसिबियालो हुन्छ, काम गरिरहेको बानी नगरी बस्न सकिँदैन, भेडा पालिएकै हुन्छ, तिनै भेडाको ऊनलाई काम्लो बनाएर बिक्री गर्दा कम्तीमा घरखर्च चल्छ ।”

 

लुकुम गाउँबाट काम्लो बिक्री गर्नकै लागि उनी बर्सेनि छिमेकी जिल्लाको बुर्तिवाङ बजारमा आउने गरेका छन् । उनले काम्लोको महत्व घट्दा मूल्य भने ओरालो लागेको जानकारी दिए। “काम्लो कम बन्न थालेको छ, ऊनलाई प्रशोधन गर्नका लागि धेरै मेहनत गर्नुपर्दछ, तर काम्लो र घुमले पानीसमेत छेक्ने गरेको छ, बर्खामा घुम उडेर काम गर्नसमेत सकिन्छ, काम्लोलाई सिलाएर घुमसमेत बनाउँदा जाडोमा निकै तातो हुन्छ”, उनले भने,“एउटा काम्लोलाई दुई हजार पाँच सयमा बिक्री गर्दै आएकी छु जुन मूल्य सामान्य ज्याला मात्रै हो नाफा छैन ।”

Share: