सुनको मूल्य घट्यो, बिहीबार तोलाको कति ?

Share:

काठमान्डौ/नेपाली बजारमा सुनको भाउ दुई दिनमा प्रतितोला १९ सय रुपैयाँले घटेको छ । बुधबार १२ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार ७०० रुपैयाँले घटेको हो ।

 

बिहीबार छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँ तोकिएको थियो ।

 

बिहीबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

Share: