चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा

128
0
Share:

काठमान्डौ/सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो ।

 

कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा चलचित्र ‘खजुरे ब्रो’ निर्माण गर्न लागिएको निर्देशक सुनुवारले बताए । चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ ।

 

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्रको छायाँकन सुरु भइसकेको छ । केही दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ ।

 

दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायांकन हुनेछ । चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् ।

Share: