दार्चुलाबाट महेन्द्रनगर आइरहेकाे बस दुर्घटना, १४ जना घाइते

Share:

काठमान्डौ/दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका ५ खिमटडीमा दुर्घटना भएको हो ।

 

दुर्घटना परी चालकसहित १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

 

घाइतेहरुको परिचय अहिले खुल्न सकेको छैन । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

 

 

Share: