Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै – Lekhanpeeth

प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै

Share:

काठमान्डौ/युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्किने छन्।

 

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका थिए। प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका छन्। दोहाबाट नेपाल फर्किन लागेका उनी आज बिहान ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

 

त्यहाँ रहँदा उनले सम्मेलनलाई सम्बोधन गर्नुका साथै नेपाली नागरिकहरूसँग अन्तरक्रिया पनि गरेका थिए। साथै विभिन्न मुलुकका प्रमुखहरूसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री गंगा दाहाल लगायतको टोली युगान्डा पुगेको थियो।

Share: