Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
न्यायाधीश डा. परशुराम भट्टराईद्वारा पदबाट राजीनामा – Lekhanpeeth

न्यायाधीश डा. परशुराम भट्टराईद्वारा पदबाट राजीनामा

228
0
Share:

काठमान्डौ/न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै शुक्रवार राजीनामा दिएका हुन् ।

 

न्यायाधीश डा.भट्टराईले न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । न्याय परिषद्ले विस्तृत छानबिनका लागि समिति गठन गरेको थियो । परिषद्मा परेका उजुरी र मुद्दामा मोलाहिजा, क्षमताको अभाव र बदनियत लगायतका विषयमा न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, डा.परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिनका समिति गठन गरेको थियो ।

 

न्यायाधीश डा. भट्टराईको इजलासले हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायत माथिको आरोप पुष्टि नहुने भन्दै आरोपितलाई सफाइ दिएको थियो । उनको यो फैसलामा कैफियत देखिएको भन्दै न्याय परिषद्मा उजुरी परेको थियो । न्यायाधीश भट्टराईको राजीनामा कार्यान्वयनमा गएको छैन ।

Share: