
काठमान्डौ/आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले र न्युजिल्यान्डको तीन विकेट लिएको छ । नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो ।
नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे । १३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो । नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे ।
स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए । उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए ।



